कान्तिपुर समाचार, ११ असोज २०८०

आश्विन ११, २०८० |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ११ असोज २०८०

आजको मुख्य समाचार :

* नेताका नाममा खोलिएका संस्थालाई मापदण्डविनै हजारौं रोपनी जग्गा / भोगाधिकार भाडामा परिणत गर्ने सरकारी निर्देशन कसैले टेरेन / कतिपय सम्पत्ति व्यापारमा प्रयोग ।

* कांग्रेसभित्र सत्ता सञ्चालन र मन्त्रीको कार्यसम्पादनलाई लिएर असन्तुष्टि चुलिँदै / भ्रष्टाचार नियन्त्रण र सुशासनमा कमजोर भएको आरोप / आफ्नै पार्टीका मन्त्रीको पनि आलोचना ।

* ढुकुटीमा २ खर्ब ८ अर्ब हुँदा पनि सरकारले दिएन निर्माण व्यवसायीको भुक्तानी / विकास र रोजगारी ओझेलमा / सेयर र घर-जग्गा कारोबार मात्रै बढाउने ध्याउन्न ।

* उत्तर कोरियाले गर्यो परमाणु शक्ति बन्ने महत्त्वाकांक्षा संविधानमै उल्लेख / सम्भावित आक्रमण रोक्न शक्तिशाली परमाणु हतियार विकास गर्ने घोषणा ।

* एसियाली खेलकुद प्रतियोगिताको छैटौं दिन पनि पदक तालिकामा आयोजक चीनको बर्चस्व कायमै / नेपालसहित १३ देशले खाता खोल्नै सकेनन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement