आजको मुख्य समाचार :
* संविधान जारी भएको आठ वर्ष पुग्दा पनि कार्यान्वयन कमजोर / मौलिक हकको उपयोगमै नागरिक बञ्चित / दलहरु सत्ता केन्द्रीत हुँदा विधिको शासन छायामा ।
* नेपालमा साढे ६ दशकमा ४५ अर्ब डलर चिनियाँ लगानी भित्रियो / परियोजनाको प्रगति भने सुस्त / पुराना सम्झौता कार्यान्वयनमा जोड दिन प्रधानमन्त्रीलाई विज्ञको सुझाव ।
* चिनीको मूल्य एक सातामै प्रतिकिलो २० रुपैयाँले बढ्यो / बजारमा अराजकता बढेको उपभोक्ता अधिकारकर्मीको आरोप / अनुगमनमा वाणिज्य विभाग उदासीन ।
* सिख पृथकतावादी नेता निज्जरको हत्यालाई लिएर भारत र क्यानडाबीच कूटनीतिक तनाव चुलियो / दुवै देशले गरे एक अर्काका कूटनीतिज्ञलाई निकाला ।
* १९ औं एसियाली खेलकुद अन्तर्गत पुरुष भलिबलमा नेपालको कमजोर प्रदर्शन / पहिलो खेलमा बहराइनसँग चार सेटमा पराजित / भोलि इरानसँग खेल्ने ।