कान्तिपुर समाचार, ०१ आश्विन २०८०

आश्विन १, २०८० |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ०१ आश्विन २०८०

आजको मुख्य समाचार:

* भगवान शिवको पूजा आराधना गरी तीज मनाइँदै/ देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो/ ४ लाखभन्दा बढीले गरे पशुपतिनाथको दर्शन ।

* अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल भेटवार्तामा व्यस्त/ राष्ट्रसंघका महासचिवसँग छलफल/ १७ वर्षसम्म बेवास्ता गरेको शान्ति प्रक्रियालाई आन्तरिक रुपमै सुल्झाउन विज्ञको सुझाव ।

* सिजन सुरु भइसक्दा पनि पोखरामा देखिएन पर्यटकको चहलपहल/ अधिकांश होटलमा २० प्रतिशत मात्र पर्यटक/ बुकिङसमेत उत्साहजनक नहुँदा व्यवसायी निराश ।

* चिनियाँ विदेशमन्त्री वाङ यी चार दिने भ्रमणका लागि आज मस्को पुग्दै/ चीन-रुस वार्षिक रणनीतिक सुरक्षा वार्तामा सहभागी हुने/ युक्रेन युद्धबारे पनि छलफलको तयारी ।

* एसियाली खेलकुदका लागि अभ्यास गर्ने ठाउँसमेत नपाएको नेपाली टेनिस खेलाडीको गुनासो/ खेलाडीकै खर्चमा विदेशमा प्रशिक्षण/ कम्तिमा एक खेल जित्ने लक्ष्य ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement