कान्तिपुर समाचार, २९ भाद्र २०८०

भाद्र २९, २०८० |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, २९ भाद्र २०८०

आजको मुख्य समाचार :

* अन्तर्राष्ट्रिय आपराधिक समूहले नेपाली नागरिकता र राहदानी लिएर अवैध धन्दा चलाउँदा पनि राज्यका सम्पूर्ण सुरक्षा संयन्त्र बेखबर/ उच्चतहका नेता–प्रशासकसम्मै तस्करको प्रभाव ।

* अमेरिका र चीन भ्रमणबारे प्रधानमन्त्रीले दिए संसद्लाई जानकारी/ संक्रमणकालीन न्यायका विषयमा अन्तर्राष्ट्रिय समुदायका प्रश्न सामनाका लागि तयार रहन विज्ञको सुझाव ।

* प्रदेश र स्थानीय तहको अधिकार कुल्चिँदै जिल्लासम्मै संघीय सरकारका समानान्तर कार्यालय/ हटेन केन्द्रीकृत मानसिकता/ संघीयता कमजोर हुने चिन्ता ।

* लिबियामा बाढीले ठूलो क्षति हुनुमा जलवायु परिवर्तन प्रमुख कारक रहेको राष्ट्रसंघको दाबी/ मृत्यु हुनेको संख्या ११ हजार नाघ्यो ।

* चीनको होङझाउमा हुने एसियाली खेलकुदअन्तर्गत नेपाली पुरुष क्रिकेट टोलीको घोषणा/ विनोद भण्डारी, अभिनास बोहरा र विवेक यादवको पुनरागमन ।

Enter Kantipur TV HD
Advertisement