कान्तिपुर समाचार, २४ जेठ २०८०

जेष्ठ २४, २०८० |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, २४ जेठ २०८०

आजको मुख्य समाचार:

- बजेटमाथिको छलफलमा सत्तापक्ष र विपक्षीको आरोप-प्रत्यारोप / सांसदले दिएका सुझाव बजेटमा समावेश नै हुँदैनन् / विज्ञ भन्छन्- संसदको गरमागरम बहस गफमै सीमित ।

- सत्तरी वर्षे उमेर हद हटाउने निर्णयले एमालेमा तरंग / पुस्तान्तरणको वकालत गर्ने युवा नेता असन्तुष्ट / महाधिवेशनले बनाएको विधान केन्द्रीय कमिटीले उल्ट्यायो ।

- सातै प्रदेशमा विश्वविद्यालय स्थापना गर्ने त्रिविको तयारी / आंगिक र सम्बन्धन प्राप्त क्याम्पस समेटिने / राजनीतिक भर्तिका लागि विश्वविद्यालय खोल्ने होडबाजी रोकिने दाबी ।

- रुस नियन्त्रित खेर्सोनको बाँध ध्वस्त हुँदा एक सयभन्दा बढी नगर डुबानमा / ३१ सिँचाइ प्रणाली अवरुद्ध / ५ लाख हेक्टर जमिन मरुभूमीकरणको जोखिम ।

- हिमालयन शेर्पालाई तीन एक गोलले हराउँदै मछिन्द्र बन्यो सहिद स्मारक ए डिभिजन लिगको उपविजेता / न्यूरोड टिम एनआरटीसँग मनाङ मर्स्याङ्दी पराजित ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.