कान्तिपुर समाचार, १८ जेठ २०८०

जेष्ठ १८, २०८० |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १८ जेठ २०८०

आजको मुख्य समाचार:

- प्रधानमन्त्री दाहालको भारत भ्रमणमा सातवटा सम्झौता/ इपीजी र कालापानीबारे कुरै उठेन/ सीमा विवाद, पञ्चेश्वर परियोजना र हवाइ प्रवेश मार्ग भाषणमा मात्र ।

- भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल आज दिनभर उच्चस्तरीय भेटघाटमा ब्यस्त/ नेपालको मुख्य चासोलाई भारतले महत्व नदिएको कूटनीतिक मामिलाका जानकारको प्रतिक्रिया ।

- अन्ठान्नब्बे प्रकारका निःशुल्क औषधिमा नागरिकको पहुँच नै पुगेन/ उपभोक्ता महंगोमा किन्न बाध्य/ एक मात्र सरकारी औषधि उद्योगको अवस्था सुधार्न छैन ध्यान ।

- युक्रेनलाई नेटो सदस्य बन्नबाट रुसले रोक्न नसक्ने महासचिव जेन्सको जिकिर/ नेटोका विदेशमन्त्रीहरुको बैठक नर्वेको ओस्लोमा जारी ।

- सहिद स्मारक ए डिभिजन लिगमा पुलिस क्लबले एनआरटीलाई एक-शून्यले हरायो/ हिमालयन शेर्पा र फ्रेन्ड्सबीच गोलरहित बराबरी ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.