कान्तिपुर समाचार, १७ जेठ २०८०

जेष्ठ १७, २०८० |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १७ जेठ २०८०

आजको मुख्य समाचार:

- भारत भ्रमणमा रहेका प्रधानमन्त्रीको राजनीतिक भेटघाट सुरु / दाहालसँग भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार डोभल र विदेश सचिव क्वात्राको भेट / समकक्षी मोदीसँगको वार्ता भोलि ।

- अघिल्लो संसद्बाट पारित भएर ९ महिनादेखि थन्किएको नागरिकता विधेयक राष्ट्रपतिले गरे प्रमाणीकरण / विधि विपरीत भएको संविधानविद्को तर्क / दलहरुको मत बाझियो ।

- बीस वटा संस्था खारेज हुँदा वार्षिक ४५ अर्ब बचत हुने आकलन / १२ हजारभन्दा बढी कर्मचारी अन्योलमा / विज्ञ भन्छन् – सरकारले दायित्व बोक्नु हुन्न ।

- ऋणको सीमासम्बन्धी विधेयक अमेरिकी संसदमा प्रस्तुत हुँदै / खर्च कटौती र बचतबारे रिपब्लिकन र डेमोक्र्याटबीच विवाद कायमै ।

- सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्रको उपाधि होड कायमै / ओलावालेको ह्याट्रिकमा सातदोबाटोमाथि तीन एक गोलको जित / थ्रीस्टार संकटासँग पराजित ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.