के हो आईटी बस ? (भिडियो)

चैत्र ४, २०७९ |श्याम श्रेष्ठ
के हो आईटी बस ? (भिडियो)

काठमाडौं । सूचना प्रविधिको सुविधासहितको बस नास्टले सञ्चालनमा ल्याएको छ । सूचना प्रविधिको सहज पहुँच आम जनतामा पुर्‍याउने उदेश्यले आईटी बस सञ्चालनमा ल्याएको नास्टको भनाइ छ ।

नास्टका आईटी प्रमुख प्रदीप ढोडारी भन्छन्, ‘सूचना प्रविधिको असमान पहुँच कम गर्न उद्देश्यले आईटी बस सञ्चालनमा ल्याएका हौं ।’

इन्टरनेट नपुगेको दुर्गम क्षेत्रलाई लक्षित गरी यो बस सञ्चालनमा ल्याएको नास्टको दाबी छ ।

आईटी बसबारे जानकारी दिँदै प्रमुख ढोडारी भन्छन्, ‘यो बसमा एउटा कक्षामा हुनुपर्ने सबै छ । ल्यापटप छ, प्रिजेन्टटेसन बस भित्रै गर्न सकिन्छ । साउन्ड सिस्टमहरु बसभित्रै उपलब्ध छन् । इन्टरनेटको पनि सुविधा छ ।’

यो बसभित्र सहज रुपमा कक्षा सञ्चालन गर्न सकिने ढोडारीको दाबी छ । आईटीबस दक्षिण कोरिया सरकारको सहयोग र नास्टको डिजाइनमा तयार पारिएको हो ।

नास्टका अनुसार यस प्रकारको आईटी बस नेपाल लगायत ५३ देशमा सञ्चालित छन् । पछिल्लो समय नेपालमा पनि आईटी बसको माग बढेको छ । 


Image

श्याम श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टीभीका वरिष्ठ क्यामेरा पर्सन हुन् ।