आजको मुख्य समाचार:
– उपराष्ट्रपतिमा पुरुष उम्मेद्वार बन्न नपाउने निर्वाचन आयोगको निर्देशन विवादमा / संविधानविपरीत भएको गठबन्धन दलको टिप्पणी/ फरक समुदाय भए पुग्ने संविधानविद्को दाबी ।
– महाकाली नदीको पूर्वी भँगालोमा ४ लेनको पुल निर्माण अन्तिम चरणमा/ नदीको धार परिवर्तनले अलग्गिएको दोधारा र चाँदनी क्षेत्र पूर्वपश्चिम राजमार्गसँग जोडिँदै ।
– उधारो कारोबारले उद्योगी व्यवसायी समस्यामा / सिमेन्ट उद्योगको मात्रै ३० अर्ब उठाउन बाँकी / पुँजीगत खर्च नहुँदा अर्थतन्त्रको चक्र नै प्रभावित ।
– चीनको राष्ट्रपतिमा सी चिनफिङ तेस्रो कार्यकालका लागि निर्वाचित / माओत्सेतुङपछि कै शक्तिशाली बने नेता सी ।
– शहिद स्मारक ए डिभिजन लिगमा नवप्रवेशी चर्च ब्वाइज युनाइटेडको लगातार तेस्रो जित/ हिमालयन शेर्पा १-०ले पराजित/ थ्री स्टारले खुमलटारलाई हरायो ।