जब धौलागिरि फेदमा दुई युवा हराए...

पुस ८, २०७९ |विनय कुमार
जब धौलागिरि फेदमा दुई युवा हराए...

काठमाडौं । असोज २० को दिन । धौलागिरी हिमाल चढ्ने क्रममा निरन्तर हिउँ पर्दै थियो । मौसम झनझन बिग्रँदै गयो । सिरसिर हावा त छँदै थियो, सँगै बाक्लो हुस्सु पनि मडारिरहेको थियो । पाँच मिटर अगाडि रहेका साथीलाई देख्न पनि निक्कै हम्मे–हम्मे थियो । फ्रेन्च पास पार गर्न नसकेर फर्किने क्रममा दुईजना ट्रेकिङ गाइड २६ वर्षीय बालकुमार कार्की र २७ वर्षीय देव लामा बाटैमा एकाएक हराए ।

काठमाडौंबाट ४ असोजमा दक्षिण कोरियाका चार जना पाहुना, तीनजना भरिया र २ जना गाइड गरी ९ जना धौलागिरी हिमाल आरोहणका लागि पुगेका थिए । ७ जना त फर्किए । तर, २ जना भने आजसम्म पनि फर्केका छैनन् ।

लामाका परिवारको अवस्था नाजुग छ । बेपत्ता लामाका मामा रवीन्द्रकुमार तामाङ अभिभावक गुमाएपछि मृतकको परिवारमा घर खर्च धान्ने कोही नभएको बताउँछन् । ‘बच्चालाई पढाउने खर्च कसरी धान्ने ? घरखर्चको जोहो कसरी हुन्छ ? हामी साह्रै समस्यामा पर्यौं ’, तामाङ भन्छन् ।

कार्की र लामा आफन्त बेपत्ता भएकोबारे पीडित परिवारले २४ गते जानकारी पाए । त्यसयता उनीहरुले खोजी गरिदिन सम्बन्धित निकायमा गुहार गरिरहेका छन् । उनीहरु ७ वर्षदेखि कार्यरत फोरसिजन माउन्टेन टे«किङका प्रवन्ध निर्देशक वसन्त लिम्बूलाई पनि खोजविन गरिदिन आफन्तले आग्रह गरे ।

आफन्तजनको खोजीका लागि परिवारका सदस्यले टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष निलहरी बास्तोलालाई भेटे । टे«किङ एजेन्सी र टानको समन्वयनमा हेलिकप्टर लिएर उद्धारका लागि एउटा टोली पनि गयो । तर अहिलेसम्म न सास भेटियो, न लास ।

परिवारजनले म्याग्दी प्रहरीलाई पनि खोजविनका लागि आग्रह गरे । तर, प्रहरीले स्रोत साधनको अभाव रहेको जवाफ फर्कायो ।

टानका अध्यक्ष बास्तोला भने पीडित परिवारलाई सहयोग गर्ने प्रयास भइरहेको बताउँछन् । ‘यसमा गल्ती कसैको छैन, सक्दो प्रयास गरेकै छौं, टे«किङ एजेन्सीले दिनुपर्ने पैसा दिने सहमति भइसकेको छ’, अध्यक्ष बास्तोला भन्छन्, ‘म्याग्दी प्रहरीको सिफारिस र उद्धारमा गएका टोलीको मुचुल्काका आधारमा बिमाको पैसा पनि दिने कुरा भएको छ ।’

फोर सिजन माउन्टेनका प्रवन्ध निर्देशक वसन्त लिम्बूले पनि पीडित परिवारले पाउनुपर्ने क्षतिपूर्तिबारे आफूहरु गम्भीर रहेको बताए । उनले भने, ‘ऋण खोजेर भए पनि दुबै परिवारलाई पाँच÷पाँच लाखको चेक दिएका छौं । तर, हाम्रो दायित्व र जिम्मेवारी यत्तिमै सकिँदैन ।’

पीडित परिवारलाई आवेशमा नआउन आग्रह गर्दै प्रवन्ध निर्देशक लिम्बूले भने, ‘हामीले दुईजना राम्रा मान्छे गुमाएका छौं । बिमाको पैसाका लागि पनि समन्वय गरिरहेका छौं।’ 


Image

विनय कुमार

कुमार कान्तिपुर टीभीमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement