‘नेपाली आकाश सुरक्षित रहेको विश्वास दिलाउनसके पर्यटन विकासमा सघाउ पुग्छ’

श्रावण ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
‘नेपाली आकाश सुरक्षित रहेको विश्वास दिलाउनसके पर्यटन विकासमा सघाउ पुग्छ’

बाँके । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विदेशी आगन्तुकलाई नेपाली आकाश सुरक्षित रहेको विश्वास दिलाउनसके पर्यटन विकासमा सघाउ पुग्ने बताउनुभएको छ ।

नेपालगन्जमा आज (शुक्रबार) होटेल व्यवसायी संघ लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन उद्घाटन गर्दै मन्त्री पाण्डेले देशको आर्थिक अवस्थामा सुधार ल्याउन हवाईसँगै सडक यातायातसमेत भरपर्दो तुल्याउन सक्नुपर्ने आवश्यकता देखिएको बताउनुभयो ।

यसका लागि विद्यमान पर्यटन नीति र ऐन बाधक देखिएको हुँदा संशोधनका लागि गठित कार्यदलले अबको तीन महिनाभित्रै पर्यटन तथा होटेल व्यवसायलाई दिशाबोध गराउने गरी प्रतिवेदन बुझाउने जानकारी उहाँले दिनुभयो ।

अधिवेशनमा होटेल व्यवसायीहरूले नारायणी नदीदेखि पश्चिम महाकालीसम्मको आर्थिक विकासका लागि योगदान दिनसक्ने भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.