क-कसले पाए आईसीटी अवार्ड ?

पुस ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
क-कसले पाए आईसीटी अवार्ड ?

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आईसीटी अवार्डको ग्रान्ड फिनाले सम्पन्न भएको छ । काठमाडौंको बौद्धमा रहेको ह्यात रिजेन्सी होटलमा आईसीटी अवार्ड २०२४ मा विभिन्न १४ विधामा अवार्ड प्रदान गरिएको हो ।

अवार्ड समारोहमा पायोनियर आईसीटी अवार्ड सुरेशराज शर्मालाई प्रदान गरिएको छ । साथै नेपाली डायस्पोरा आईसीटी अवार्ड नामी बराललाई दिइएको छ । फुडमाण्डुका मनोहर अधिकारीले अन्टरप्रिनर आईसीटी अवार्ड प्राप्त गर्नुभएको छ ।

प्रोफेस्नल एक्सिलेन्नस आईसीटी अवार्ड डाक्टर विशाल खनाललाई, डिजिटल गभर्नेन्स आईसीटी अवार्ड सर्वोच्च अदालतलाई, डिजिटल सर्भिसेज आईसीटी अवार्ड आईएमई पेलाई, डिजिटल एजुकेसन आईसीटी अवार्ड पब्लिक सेक्सनलाई, डिजिटल एजुकेसन आईसीटी अवार्ड पब्लिक सेक्सन तर्फ सुकना मावि मोरङलाई र डिजिटल एजुकेसन आईसीटी अवार्ड प्राइभेट तर्फ एलआरआई स्कूललाई प्रदान गरिएको छ ।

एनसेल वुमन आइकन आइसीटी अवार्ड बन्दना शर्मालाई प्रदान गरिएको छ । उहाँलाई सम्मान पत्र सहित ३ लाख रुपैयाँ नगद पुरस्कार पनि प्रदान गरिएको छ ।

सातै प्रदेशका उत्कृष्ट स्टार्टअपहरूलाई प्रोभिन्सियल स्टार्टअप आईसीटी रिकग्निशन २०२४ बाट समेत सम्मान गरिएको छ । यस विधामा कोशी प्रदेशको डेल्टा टेक प्रा.लि, मधेश प्रदेशको तेजश टेक प्रा.लि, बागमती प्रदेशको अभियन्त्रीक कर्मशला, गण्डकीको आकाश डिजिटल प्रा.लि, लुम्बिनीको निन्जा इन प्रोसेस प्रा.लि, कर्णाली बिजनेस अनलाइन सर्विसेज प्रा.लि र सुदूरपश्चिम प्रदेशको फार वेस्ट एण्ड रिसर्च सेन्टर प्रा.लिलाई प्रदान गरिएको छ ।

राइजिङ स्टार इनोभेसन्समा स्पीक अफ नेपाल चयन भएको छ । त्यस्तै साउथ एसिया स्टार्ट अप अवार्ड भारतको हाइफन एससिएसलाई र इन्ड्राइभ आइसिटि अवार्ड क्रिमसन टेकलाई प्रदान गरिएको छ । दि सोसल इनोभेसन् अवार्ड जिइओ क्रिसीले पाएको छ भने हाम्रो पब्लीक च्वाइस आइसीट अवार्ड जाप सर्भिसेज प्रालीले प्राप्त गरेको छ ।

सन् २०१६ देखि लिभिङ विथ आईसीटीले आयोजना गर्दै आइरहेको आईसीटी अवार्डको फिनालेमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रसँग सम्बन्धित स्टार्टअप, प्रडक्ट, इनोभेशन, उद्यमी, प्रोफेसनल, संघ संस्था गरी विभिन्न १४ विधाहरूमा विजेताको घोषणासँगै अवार्ड वितरण भएको छ ।

प्रविधि क्षेत्रको विशेष उत्सवको रूपमा रहेको आईसीटी अवार्डको ग्रान्ड फिनालेमा मन्त्री, सांसद, उद्यमी लगायत स्वदेश तथा विदेशबाट करिब एक हजार विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement