
काठमाडौं । फिफा विश्वकपमा विश्वभरका फुटबल संघका प्रतिनिधि, फुटबल लिजेन्ड, कलाकार र स्टार उपस्थित हुनेछन् । शाकिरा र बर्ना बोइले विश्वकपको आधिकारिक गीत 'डाइडाई' प्रदर्शन गर्नेछन् । अमेरिका र क्यानडामा पनि आ-आफ्ना उद्घाटन समारोह हुनेछन् । जहाा, सबैको प्रतीक्षाको घडी समाप्त हुनेछ अनि विश्व नै फुटबलमा झुम्नेछ ।
स्कटल्याण्डका गोलकिपर क्रेग गोर्डन ४३ वर्षको उमेरमा विश्वकप खेल्ने तयारीमा रहादा सहआयोजक मेक्सिकोका गिल्बर्टो मोरा १७ वर्षमै विश्वकप डेब्युको तयारीमा छन् । सन् २००१ मा गोर्डनले व्यावसायिक फुटबल सुरु गर्दा मोरा जन्मिएकै थिएनन् । अर्थात् एकै प्रतियोगितामा २५ वर्षको उमेर अन्तर । अझ भनौं कसैले करिअरको पहिलो विश्वकप खेल्नेछन् भने कसैले करिअरकै अन्तिम ।
जब फिफा विश्वकप सुरु हुन्छ संसारका सबै कुरा पछि छुट्छन्, न उमेर, जात, धर्म, संस्कृति, न धनी गरिब, न नेता न नागरिक- सबै एकै भावनाका साथ मैदानमा चियर्स गरिरहेका हुन्छन् । यहाा उमेर होइन, सपना, समर्पण र तीव्र इच्छाको महत्व हुन्छ । तर यसपटकको विश्वकप केवल उपाधिको लडाइा मात्र नभइ एउटा युगको अन्तिम अध्याय पनि हुन सक्छ । किनभने ४१ वर्षका क्रिस्टियानो रोनाल्डोले संकेत गरेका छन् - 'दिस इज माई लास्ट डान्स' । त्यसैले फेरि एकपटक रोनाल्डो र मेस्सीमाथि सबैको नजर रहनेछ ।
रोनाल्डोले राष्ट्रिय टोलीका लागि २ सय २७ क्याप जितिसकेका छन् यो खेल संख्या त पुरुष फुटबल इतिहासकै सर्वाधिक कीर्तिमान हो । तुलना गर्ने हो भने यो संख्या नेपालका धेरै खेलाडीले आˆनो सम्पूर्ण क्लब र राष्ट्रिय टोलीको करिअरमा खेल्ने खेलभन्दा पनि धेरै हो । युरो कप, नेसन्स लिग, च्याम्पियन्स लिग र पााच वटा बालोन डीओरलगायत फुटबलका सबै उपाधि जितेको रोनाल्डोको चाहना छ एउटा फिफा विश्वकप जितौं । सन् २००६ यताका हरेक विश्वकपमा गोल गर्दै छैटौं विश्वकप खेल्न लागेका रोनाल्डो अन्तिम प्रयासमा छन् ।
अर्कोतर्फ, ३८ वर्षीय लियोनेल मेस्सी छन् जो उपाधि रक्षा गर्न चाहन्छन् । अनि, डिएगो म्याराडोनापछि लगातार दुई विश्वकप जिताउने कप्तान बन्ने लक्ष्यमा छन् मेस्सी । उनीसाग त्यो लक्ष्यमा पुग्न सक्ने रणनीतिक रुपमा अब्बल प्रशिक्षक, टिम र स्पिरिट सबै छ । मेस्सीले विश्वकपमा २६ खेल खेलिसकेका छन्, जसको नजिकसम्म पनि अन्य खेलाडी पुगेका छैनन् । उनलाई अर्जेन्टिनाका लागि २ सय अन्तर्राष्ट्रिय खेल पूरा गर्न अब केवल एक खेल मात्र आवश्यक छ । तर यो विश्वकप परम्परागत विश्वकपजस्तो छैन । सन् २०२६ को विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करण हुादैछ । अमेरिका, क्यानडा र मेक्सिकोमा ३२ टोलीले होइन, ४८ देशले ट्रफीका लागि फाइट गर्नेछन् । सन् २०२२ मा भएको विश्वकपभन्दा यो विश्वकपमा ४० खेल बढ्नेछ । अर्थात् १०४ खेलको विश्वकप तीन देशमा हुनेछ । ३९ दिनसम्म चल्ने महासंग्राममा सयौं क्लबका एक हजार २ सय ४८ खेलाडीले आफ्नो देशका लागि खेल्नेछन् । सबैभन्दा धेरै खेलाडी म्यानचेस्टर सिटीका छन् । यो विश्वकपमा म्याचेस्टर सिटीका १९ खेलाडीले १२ देशबाट विश्वकप खेल्दैछन् ।
विश्वकपमा रेकर्डको सूची अझै लामो छ । विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी जर्मनीका मिरोस्लाभ क्लोजेको नाममा १६ गोलको कीर्तिमान छ । मेस्सी १३ गोलसहित नजिकै छन् । यदि उनले समूह चरण र नकआउट चरणमा केही गोल गर्न सके भने दुई दशक पुरानो कीर्तिमान खतरामा पर्न सक्छ । विश्वकप इतिहासमा अहिलेसम्म कुनै संस्करण नगुमाएको टोली हो ब्राजिल । सन् १९३० देखि हालसम्म भएका सबै विश्वकप खेलेको यो देश सर्वाधिक पााच पटकको विजेता पनि हो । विश्वश्पमा सधैाको दावेदार ब्राजिलले ७६ खेल जितेको छ र २ सय ३७ गोल गरेको छ । तुलना गर्ने हो भने यो संख्या कतिपय देशले विश्वकपमा खेलेकै कुल खेलभन्दा पनि धेरै हो । यस पटक चार राष्ट्रले पहिलोपटक विश्वकप खेल्ने अवसर पाएका छन् । ती हुन् - केप भर्डे, कुरासाओ, जोर्डन र उज्बेकिस्तान । आइसल्यान्डले सन् २०१८ मा पहिलोपटक विश्वकप खेल्दा पूरा देश उत्सवमय बनेको थियो । अहिले कुरासाओका कप्तान लियान्द्रोका अनुसार विश्वकपमा छनोट भएयता कुरासाओ खुसीले सुत्न सकेको छैन । अन्य देशको उत्साह पनि उस्तै छ । त्यसैले, यी देशका समर्थकका लागि यो केवल प्रतियोगिता होइन, वर्षौंको प्रतीक्षा र सपनाको साकार रूप हो ।
पेले, म्याराडोना, जिदान र रोनाल्डिन्होको युगपछि जसरी नयाा पुस्ता आयो, त्यसैगरी मेस्सी र रोनाल्डोको युग पनि अब अन्त्यतिर पुगेको छ । अतः विश्वकप २०२६ ले पूरानो र नयाा पुस्ताबीचको रोचक अन्तर पनि देखाउनेछ । जर्सी नम्बर १० को पुस्तान्तरण कसरी हुादैछ त्यसको साक्षी बन्नेछ यो विश्वकप । सम्भवतः हामी रोनाल्डोको अन्तिम विश्वकप हेर्दैछौ, सायद मेस्सीको पनि । अनि यो केबल प्रतियोगिता होइन इतिहास, भावना र सम्झनाको अर्को नाम पनि बन्नेछ । के तपाईं फुटबलको यो रोमाञ्चक महाउत्सवको साक्षी बन्न तयार हुनुहुन्छ ?
तस्बिर - विश्वकपको आधिकारिक गीत 'डाइडाई' बाट स्क्रीसट