.png&w=1000&height=550)
काठमाडौं । उपाध्यक्ष रोशन सिंहसहित अन्य केही पदाधिकारी अनुपस्थित भएपछि शनिबार स्थगित भएको नेपाल क्रिकेट संघ-क्यानको बोर्ड बैठक सोमबार बस्ने भएको छ ।
केही पदाधिकारी उपत्यका बाहिर रहेको र बैठकमा सबैको उपस्थिति होस् भन्ने उद्देश्यले बैठक सोमबारका लागि सारिएको क्यानका अध्यक्ष चन्दले बताउनु भयो । बैठकमा साधारण सभा, बजेट, प्रतियोगिता वार्षिक कार्यक्रम र अडिट रिपोर्ट एजेन्डाको रूपमा थिए ।
चार महिनादेखि क्यानको बैठक बस्न नसकेको र बोर्ड बैठमा सबै पदाधिकारीको सहभागिता सुनिश्चित गर्न बोर्ड बैठक सोमबारका लागि सारिएको अध्यक्ष चन्दको भनाइ थियो ।