
पाँचथर । तेस्रो फिदिम भेट्रान्स गोल्डकप चैत २५ देखि २८ गतेसम्म सञ्चालन हुने भएको छ ।
आयोजक फिखिम भेट्रान्स क्लवका अनुसार यो प्रतियोगिता पाँचथरको हिलिहाङ गाउँपालिकास्थित जोरपोखरीमा सञ्चालन गरिने भएको हो । जोरपोखरी माविको खेल मैदानमा हुने प्रतियोगितामा भारतको एक र नेपालका ७ सहित ८ आठ टिम सहभागी हुने आयोजक आयोजक फिदिम भेट्रान्स क्लबले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।