
विराटनगर । आउँदो शनिबारदेखि सुरू हुने प्रधानमन्त्री कप क्रिकेटका लागि सुजन थपलियाको कप्तानीमा कोशी प्रदेशको टोलीको घोषणा गरिएको छ ।
कोशी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सर्वजित पाण्डेले बुधबार १५ खेलाडी, प्रशिक्षक, टोली व्यवस्थापक र फिजियोसहित १८ सदस्यीय टोलीको घोषणा गरेका हुन्।
प्रदेशका पाँच जिल्ला इलाम, झापा, सुनसरी, मोरङ र उदयपुरबाट खेलाडी चयन भएका छन् । प्रतियोगितामा सात प्रदेशसँगै तीन विभागीय टोली नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको टोली एपीएफ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।