
काठमाडौं । टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको उपाधि गण्डकी प्रदेशले जितेको छ।
पोखरा रंगशालाको कभर्डहलमा भएको फाइनलमा नेपाल पुलिसलाई चार सेटमा हराएर गण्डकीले उपाधि जितेको हो। निकै प्रतिस्पर्धात्मक भएको पहिलो सेटमा एक सय १३-१३ को बराबरी भएको थियो। नेक टू नेक भएको खेलमा नेपाल पुलिस क्लब २५-२३ ले विजयी भएको हो। तर पुलिसले पहिलो सेटमा बनाएको अग्रता कायम राख्न सकेन।
पाकिस्तानका तीन खेलाडी अनुबन्ध गरेको गण्डकी दोस्रो सेटमा एक समय ११-१३ ले पछि परेको भए पनि १९-१९ बनाएर कमब्याक गर्यो। पुलिसले तीन सेट पोइन्ट बनाएको भए पनि गण्डकी २८-२६ ले विजयी भएको हो। तेस्रो सेटको सुरुआतबाट गण्डकीले अग्रता बनाएको भए पनि पुलिसले धैर्यता देखाउँदै १७-१७ को बराबरी गर्यो।
त्यसपछि साँघुरो अग्रता बनाएर गण्डकी २५-२२ ले विजयी भएको हो । चौथो सेटको पनि सुरूआतबाट नै गण्डकीले साँघुरो अग्रता बनाएको थियो। तर पुलिस प्रतिस्पर्धामा कायम रहन नसक्दा गण्डकीले २५-१७ खेल आफ्नो पक्षमा पारेको हो। यससँगै च्याम्पियन बनेको गण्डकीले ६ लाख ६६ हजार प्राप्त गरेको छ भने पुलिस क्लबले पनि तीन लाख ३३ हजार जित्यो।
यी दुई क्लब लिग चरणको विजेता र उपविजेता बन्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेका हुन्।