
काठमाडौं । टिप टप हेल्प नेपाल स्पोर्टस क्लबले लगातार तेस्रो पटक पुरूषतर्फ एनभीए भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।
राखेपको कभर्डहलमा सम्पन्न नवौं संस्करणको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै हेल्प नेपालले च्याम्पियनसिपमा ह्याट्रिक उपाधि जितेको हो । ३-० सेटको जित हात पार्दै च्याम्पियन बन्ने क्रममा हेल्प नेपालले तीन सेट नै एकै स्कोरमा जित हात पारेको हो।
संयोगबस उसले तीन सेट नै २५-२१ को नतिजासाथ जित निकालेको हो । अपराजित रुपमा च्याम्पियन बन्ने क्रममा लगातार पाँच खेल जितेको हेल्प नेपालले प्रतियोगिताभर कुनै सेट पनि ड्रप गरेन । यी दुबै टिमले चौथो पटक च्याम्पियनसिपको फाइनल खेलेका हुन् ।
२०७८ मा सम्पन्न छैटौं संस्करणको फाइनलबाहेक आर्मीले त्यसपछिका लगातार ३ फाइनलमा हेल्प नेपालसँग हार बेहोरेको छ । हेल्प नेपाल २०७९, २०८० र २०८२ लगातार तीन पटक च्याम्पियन बनेको हो । च्याम्पियन बनेसँगै उसले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो भने उपविजेता आर्मीले दुई लाख ५० हजार रुपैयाँमा चित्त बुझायो ।
पुरुषतर्फ नेपाल पुलिस क्लबले तेस्रो स्थान हासिल गर्या । रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टरलाई ३-२ को हराउँदै पुलिस तेस्रो भएको हो । पुलिसविरुद्ध सुरुवाती दुई सेट २७-२५ र २५- २३ ले आफ्नो पक्षमा पारेको रुकुमले त्यसपछि लय गुमायो । सानदार पुनरागमनसहित अन्तिम तीन सेट क्रमस २६-२४, २५-२२ र १५-१० ले जित्दै पुलिसले तेस्रो स्थान हासिल गरेको हो ।