बुटवल नगरस्तरीय भलिबल प्रतियोगितामा न्यु होराइजन प्रथम

पुस १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
बुटवल नगरस्तरीय भलिबल प्रतियोगितामा न्यु होराइजन प्रथम

बुटवल । बुटवल नगरस्तरीय भलिबल प्रतियोगितामा न्यु होराइजन मावि प्रथम भएको छ ।

शनिबार भएको फाइनल खेलमा न्यु होराइजनले मणिमुकुन्द माविलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । जितसँगै न्यु होराइजलने २५ हजार रुपैयाँ नगदसहित ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ। मणिमुकुन्दले १५ हजार नगदसहितट्रफी मेडल तथा प्रमाणपत्रमा चित्त बुझाएको छ । 

नवीन औद्योगिक कदरबहादुर रिता माविले स्वर्ण महोत्सवको अवसरमा भलिबल प्रतियोगिता आयोजना गरेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.