
सुनसरी । इटहरीको नमुना कलेजले सुनसरीमा सुरू भएको प्रदेशस्तरीय तेस्रो अन्तरकलेज टी-२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
इटहरी आदर्श जायन्ट्सको आयोजनामा शनिबारदेखि सुरु प्रतियोगिताको उद्धघाटन खेलमा बिश्वआदर्श कलेजलाई १ सय १ रनको फराकिलो अन्तरले पराजित गर्दै नमुनाले बिजयी सुरुवात गरेको हो । पुस २६ गतेसम्म चल्ने प्रतियोगितामा कोशी प्रदेशका झापा, मोरङ र सुनसरीका विभिन्न १२ कलेजका टोलीहरुको सहभागिता रहेको छ ।