
काठमाडौं । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनल शनिबार राति हुने खेलमा बर्नमथलाई हराउँदै सन् २०२६ को सुखद् सुरूआतको लक्ष्यमा छ।
अघिल्लो चरणको मध्यहप्ताको खेलमा एस्टन भिल्लालाई ४-१ ले हराएपछि उपाधि होडमा बालियो देखिएको आर्सनल शनिबार अवे मैदानमा जित निकाल्ने योजनामा छ। गत हप्ता डेक्लान राइस बिना मैदानमा उत्रिएको आर्सनलका लागि ग्याब्रियल मागाल्हासले कर्नरबाट गोल गरेकाल थिए।
सुरुआतमा कठिनाइ भए पनि गोलपछि खेलको गति बदलिएको थियो। त्यसपछि मार्टिन जुबिमेन्डी, लियान्ड्रो ट्रोसार्ड र ग्याब्रियल जेससले गोल गरेका थिए। यो जित भिल्लामाथि उसको लगातार छैटौं जित थियो भने लिगमा चार खेलसम्म जितको यात्रा गरिरहेका छ।
क्यालेन्डर वर्षको कुरा गर्ने हो भने उसले सन् २०२५ को अन्त्यसम्म ८३ अंक जोडेको थियो। तर, अवे खेलमा आर्सनलको पछिल्लो प्रदर्शन मिश्रित मात्र छ। पछिल्ला चार अवे खेलमध्ये एक मात्र जित हात पारे पनि १३ मध्ये १२ अवे खेलमा गोल गरेको छ। पछिल्लो अवे खेलमा एभर्टनलाई हराउनुले आत्मविश्वास बढेको छ।
यता, बर्नमथले चेल्सीविरुद्ध २-२ को बराबरी खेलेको थियो। खेलको पहिलो ३० मिनेटमै चार गोल भएका थिए। अग्रता लिए पनि बर्नमथले जोगाउन सकेको थिएन। घरेलु मैदानमा आफ्नो प्रदर्शन कमजोर देखिनु अहिले बर्नमथको लागि चिन्ताको विषय हो। किनभने, पछिल्ला तीन घरेलु खेलमा टोलीले एक मात्र गोल गरेको छ। त्यसैले उसलाई आजै पुनरागमनको अवसर रहनेछ।
गत अक्टोबरको अन्त्यमा नटिङ्घम फरेस्टलाई हराएपछि बर्नमथले जित निकाल्न सकेको छैन्। पाँच बराबरी र पाँच हारमा उसको नतिजा समेटिएको छ। यद्यपि, बर्नमथ रेलिगेशन जोनभन्दा नौ अंक माथि रहेको छ। गत सिजनमा भने बर्नमथले आर्सनलविरुद्ध दुवै खेल जितेको थियो।
यही मैदानमा २-० को जित निकालेको कुराले बर्नमथलाई आत्मविश्वास दिएको छ। आर्सनलका डेक्लान राइसलाई घुँडाको चोट लागे पनि प्रशिक्षक मिकेल आर्टेटाले उनको चोट गम्भीर नरहेको बताएका छन्। उनी आज टिममा समावेश हुन सक्नेछन्।गोलकर्ता ग्याब्रियल खेल्न तयार छन् भने जुरियन टिम्बर, काइ हाभेर्ट्ज र बेन ह्वाइट टोलीमा फर्किएका छन्। तर क्रिस्टियन मोस्केरा र रिकार्डो कालाफियोरी घाइते भए पनि आर्टेटासँग पर्याप्त विकल्प उपलब्ध हुनेछन्।
बर्नमथतर्फ एन्टोइन सेमेन्यो खेल्न उपलब्ध छैनन्। रायन क्रिस्टी, बेन गानन-डोक, भेलजको र टायलर एडम्स घाइते हुनाले टिमलाई घाटा लाग्न सक्नेछ।