पदभार ग्रहण गर्दै मन्त्री शर्माले भन्नुभयाे- ‘नेपालको छवि राम्रो बनाउन गरी काम गर्नेछु’

पुस ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
पदभार ग्रहण गर्दै मन्त्री शर्माले भन्नुभयाे- ‘नेपालको छवि राम्रो बनाउन गरी काम गर्नेछु’

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपालको छवि राम्रो बनाउने गरी आफूले काम गर्ने बताउनुभएको छ ।

शुक्रबार परराष्ट्र मन्त्रालयको पदभार ग्रहण गरेसँगै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू मन्त्रिपरिषद्‌मा आउँदा राम्रो हुन्छ भने आउनुपर्छ भनेर आफू मन्त्री बनेको बताउनु भयो । उहाँले निर्वाचनको सम्बन्धमा छिमेकी देशहरूसँग कुनै सहयोग लिनुपर्ने रहेछ भने सही तरिकाले सहकार्य गर्ने बताउनु भयो । उहाँले मित्रराष्ट्रहरूसँगको सम्बन्ध सकारात्मक रूपमा अघि बढाउने प्रतिबद्धता समेत जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको इमेज संसारभर कसरी राम्रो गर्ने भन्ने विषयमा अघि बढ्नेछु । यो मुलुक हाम्रो हो । हामीले जति खालि राख्छौँ त्यति समस्या हुन्छ । हामी आएर मुलुकको, मन्त्रालयको उद्धार हुन्छ भने रोक्नु हुँदैन भनेर म आएको हुँ । आफूले विभिन्न मुलुकमा गरेका कामहरू हेरिएको होला । मैले छिमेकी देशहरूसँग सकारात्मक रूपमा भूमिका खेल्छु । उनीहरू उदयीमान देश हुन् । सहकार्य गर्दै अघि बढ्न सकिन्छ । अहिले मुलुक चुनावमय भइसकेकै छ । गति लिइसकेको छ । चुनावमा मन्त्रालयले छिमेकी र कुनै देशसँग सहकार्य गर्नुपर्ने रहेछ भने सही तरिकाले उठान गर्नेछ ।’

मन्त्री शर्माले शक्रबारमात्रै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.