
काठमाडौं । नेपाल प्रिमियर लिग–एनपिएलको आजको पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा जारी छ । टीयु क्रिकेट स्टेडियममा लुम्बिनी लायन्सले सुदूरपश्चिमसामु एक सय ४४ रनको लक्ष्य प्रस्तुत गरेको छ । यो लक्ष्य भेट्न सके सुदूरपश्चिम लगातार चौथो जितसम्म अपराजित रहनेछ ।
कप्तान दीपेन्द्रसिंह ऐरीले पहिले फिल्डिङ रोजेपछि लुम्बिनीले ब्याटिङको निम्तो पाएको हो । उसले २० ओभरमा दुई बल बाँकी रहँदै सम्पूर्ण विकेट गुमाएर एक सय ४३ रन बनाएको हो । पहिलो ओभरमा डिआरकी सर्टले तीन बाउन्ड्रीसहित १२ रन बनाएर लुम्बिनीलाई राम्रो सुरुआत दिलाएका थिए। तर उनलाई हेमन्त धामीले २ ओभर पाँच बलमा बोल्ड गरे। उनी ११ बलमा १८ रन बनाएर आउट भए । पावर प्लेको समाप्तिमा लुम्बिनीले एक विकेट क्षतिमा ५० रन बनाएको थियो । सुमित महर्जन ६ ओभर तीन बलमा सुमित १८ रनमा आउट भएका छन्। उनले रोहितसँग २६ रनको साझेदारी गरे । दिलिप नाथसँग ५२ रनको साझेदारी गरेपछि कप्तान रोहित पौडेल आउट भए । उनलाई हेमन्तले विकेटकिपर विनोद भण्डारीबाट क्याचआउट गराएका थिए । दिलिप नाथले ३१ रन जोड्न सके। गुल्बदिन नैब ११ रनमा आउट भए भने रुबिन ट्रम्पलमनलाई दिपेन्द्रले रनआउट गराए। १७ औं ओभरमा ६ विकेट गुमाउँदै लुम्बिनीले ६ विकेट गुमाएको थियो। त्यसपछि कुनै खेलाडीले सम्हालिएर खेल्न सकेनन्।
हरमित सिंह र अभिनाश बोहराले किफायती बलिङ गर्दै समान तीन–तीन विकेट लिएका थिए। अभिनाशले ४ ओभरमा २६ रनर हरमित सिंहले ३ दशमलव चार ओभरमा २२ खर्च गरेका थिए ।