एनपीएल : विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा जारी

मंसिर ८, २०८२ |खेल ब्युरो
एनपीएल : विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा जारी

काठमाडौं । नेपाल प्रिमियर लिग-एनपीएलमा अहिले विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा जारी छ। 

टीयू क्रिकेट स्टेडियममा पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३५ रन बनाएपछि जनकपुरले १ सय ३६ रनको लक्ष्य पाएको छ । जनकपुरको बलिङसामू विराटनगरको शीर्ष र मध्यक्रमले नै उत्कृष्ट प्रदर्शन गर्न सकेन ।

टस जितेर पहिले फिल्डिङ रोजेको जनकपुरका लागि संगीथ कोरे र युवा वलर आदित्य महताले सानदार सुरूआत दिलाएका थिए। स्कटिस ब्याटर जर्ज मुन्जिलाई संगीथले १० रनमा बोल्ड गरे। महताले १३ रन बनाएको अवस्थामा मार्टिन गप्टिललाई पवेलियन पठाए । २६ बल खेलेर २८ रन बनाएका लोकेश बमलाई संगीथले कृष्णमुर्तिको हातबाट क्याचआउट गराएका थिए। 

तीन विकेट क्षतिमा विराटनगरले ५५ रन बनाएको थियो । त्यसपछि बसिर अहमदले सुभम रन्जानेसँग अत्यावश्यक ५२ रनको इनिङ्स खेलेर कमब्याकको प्रयास गरेका थिए । तर ३६ रन बनाएका बसिरलाई रूपेश सिंहले आउट गराएका हुन् । फिल्डिङमा पनि अब्बल प्रदर्शन गरेको जनकपुरको लागि रूपेशले एक रनआउट पनि गराए । जतिबेला रञ्जाने ३७ रन बनाएर आउट भएका थिए । दक्षिण फ्रिकन स्टार र्चेन्ट डि ल्याङ्गे डाइमन्ड डक भएपछि विराटनगर सस्तैमा समेटिएको हो ।

साेमबार विराटनगरले पछिल्लो खेलको प्लइङ ११ लाई नै निरन्तरता दिएको छ । यता पहिलो खेलमा हार ब्याहेरेको जनकपुरले भने दुई परिवर्तन गरेको छ । जनकपुरले आदित्य महता र संगीथ कोरेलाई अवसर दिँदा विकास आग्री र लहिरु समारुकुनलाई बेञ्चमा राखेको छ । जवाफी ब्याटिङ गरिरहेकाे जनकपुरले १० ओभरमा तीन विकेट गुमाएर ६१ रन बनाइरहेकाे छ ।