पेरिस मास्टर्सको दोस्रो चरणबाटै बाहिरिए कार्लोस अल्काराज

कार्तिक १२, २०८२ |खेल ब्युरो
पेरिस मास्टर्सको दोस्रो चरणबाटै बाहिरिए कार्लोस अल्काराज

काठमाडौं । विश्व नम्बर एक कार्लोस अल्काराज पेरिस मास्टर्सको दोस्रो चरणबाटै बाहिरिएका छन् । 

गएराति भएको खेलमा अल्काराज दोस्रो चरणमा क्यामरून नोरीसँग पराजित भएर बाहिरिएका हुन् । यो प्रतियोगितामा उपाधि जित्ने सपनासहित सहभागी उनले २ घण्टा २२ मिनेट लामो खेलमा हार ब्यहोरेका हुन् । खेलको पहिलो सेटमा अल्काराज ४-६ ले विजयी भएका थिए । तर त्यसपछिका सेटमा नोरीले कमब्याक गरेका थिए । 

दोस्रो सेट ६-३ ले जितेका नोरीले तेस्रो सेटमा ६-४ को जितसँगै तेस्रो चरणमा स्थान पक्का गरेका हुन् । उनले पहिलो सेट गुमाएपछि पनि धैर्य कायम राख्दै अन्ततः जित निकालेका हुन्। अल्काराजको हारपछि यदी यानिक सिनरले यो उपाधि जिते भने, वर्ष अन्त्यको विश्व नम्बर एक स्थानका लागि अर्को एटीपी फाइनल्समा रोमाञ्चक प्रतिस्पर्धा हुने देखिएको छ। 

आफ्नो करियरकै सबैभन्दा ठूलो जित दर्ता गरेका नोरीले मध्यम र लामो बलमा नियन्त्रण राखेका थिए । खेलको दोस्रो सेटमा अल्काराजले ब्रेक प्वाइन्ट बचाए सहज जित दर्ता गरेका हुन् ।