नासा सेक्युरिटीका कारण युनिटी कपको पहिलो खेल गुमाएको हैन् : सन्दीप लामिछाने

आश्विन १२, २०८२ |खेल ब्युरो
नासा सेक्युरिटीका कारण युनिटी कपको पहिलो खेल गुमाएको हैन् : सन्दीप लामिछाने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्टार लेग स्पिनर सन्दीप लामिछानेले आफूले नेपाली राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रायोजक नासा सेक्युरिटीका कारण युनिटी कपको पहिलो खेल नगुमाएको बताएका छन् ।

कान्तिपुर टेलिभिजनको अनलाइन संस्करणले आइतबार वैकल्पिक खेलाडीमा समेत सन्दीपकाे नाम किन राखिएन ? भन्ने शीर्षकको समाचारमा स्रोतलाई उद्धृत गर्दै क्यानसँगको विवाद र नासा सेक्युरिटीसँगको प्रयोजन सम्झैता माग गरेको विषय उजागर गरेको थियो ।

उनले सामाजिक सञ्जालमार्फत क्यानसँगको विवाद व्यक्तिगत विषय भएको र त्यसको समाधान आफैं गर्ने समेत बनाएका छन् । साथै उनले अस्ट्रेलिया भ्रमणका दाैरान नासा सेक्युरिटीकै जर्सी लगाएर खेलेकाे जिकिर समेत गरेका छन् ।