
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्टार लेग स्पिनर सन्दीप लामिछानेले आफूले नेपाली राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रायोजक नासा सेक्युरिटीका कारण युनिटी कपको पहिलो खेल नगुमाएको बताएका छन् ।
कान्तिपुर टेलिभिजनको अनलाइन संस्करणले आइतबार वैकल्पिक खेलाडीमा समेत सन्दीपकाे नाम किन राखिएन ? भन्ने शीर्षकको समाचारमा स्रोतलाई उद्धृत गर्दै क्यानसँगको विवाद र नासा सेक्युरिटीसँगको प्रायोजन सम्झौता माग गरेको विषय प्रकाशित गरेको थियो ।
उनले सामाजिक सञ्जालमार्फत क्यानसँगको विवाद व्यक्तिगत विषय भएको र त्यसको समाधान आफैं गर्नेसमेत बताएका छन् । साथै उनले अस्ट्रेलिया भ्रमणका क्रममा नासा सेक्युरिटीकै जर्सी लगाएर खेलेकाे जिकिरसमेत गरेका छन् ।
'वैकल्पिक खेलाडीमा समेत सन्दीपको नाम किन राखिएन ?' शीर्षकमा आइतबार कान्तिपुर टीभीको वेबसाइटमा प्रकाशित समाचारको स्वतन्त्र पुष्टि हुन नसकेकोमा हामी क्षमाप्रार्थी छौं । आधिकारिक स्रोतहरुबाट प्राप्त जानकारीले समाचारमा उल्लेखित विषय पुष्टि हुन नसकेको हो । हामीले लेखेको समाचारबाट पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं। साथै आगामी दिनमा थप सजगता अपनाउँदै तथ्यपरक समाचार लेख्ने प्रतिबद्धता जाहेर गर्दछौं ।पुष्टि हुन नसकेको समाचार हामीले हाम्रो अर्काइभमा सुरक्षित रहने गरी वेबसाइटबाट हटाएका छौं । - सम्पादक