एन्फा महिला लिग छनोटमा नेपाल खेलकुद क्लबकाे पहिलो जित

भाद्र ७, २०८२ |खेल ब्युरो
एन्फा महिला लिग छनोटमा नेपाल खेलकुद क्लबकाे पहिलो जित

काठमाडौं । एन्फा महिला लिग छनोटमा नेपाल खेलकुद क्लबले पहिलो जित हात पारेको छ । नेपाल खेलकुद क्लबले झापा एफसीविरूद्ध १-० को कठिन जित हात पारेको हो ।

च्यासल मैदानमा शुक्रबारका लागि तय भएको दुई टोलीबिचको खेल वर्षाका कारण मैदान खेल्न अयोग्य भएपछि शनिबारका लागि सारिएको थियो । च्यासल मैदानमा दुबै टिमले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए । 

दोस्रो हाफको नियमित समयमासमेत दुबै टिमबाट गोल हुन सकेको थिएन, तर अतिरिक्त समयको अन्तिम मिनेटमा सुस्मिता तामाङले गोल गरेपछि नेपाल खेलकुद क्लबले प्रतियोगितामा जितको खाता खोलेको हो ।

झापाको यो लगातार दोस्रो हार हो । अघिल्लो खेलमा उ संकटा क्लबसँग ४-० ले पराजित भएको थियो । आफ्नो पहिलो खेलमा नेपाल वेस्ट म्यानेजमेन्ट क्लबविरूद्ध ७-० को एकतर्फी जित हात पारेको झापाले त्यसपछि भने केही लय गुमाएको छ ।

नेपाल खेलकुद क्लब आफ्नो पहिलो खेलमा संकटासँग १-० र दोस्रो खेलमा संकटा क्लबसँग ३-१ ले पछि परेको थियो । समूह 'बी'मा रहेका झापा र नेपाल खेलकुद क्लबको समान ३ खेलमा ३ अंक रहेको छ ।