पोल्यान्डकी इगा स्वान्तेक पहिलो पटक विम्बलडनको फाइनलमा

असार २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
पोल्यान्डकी इगा स्वान्तेक पहिलो पटक विम्बलडनको फाइनलमा

काठमाडौं । पोल्यान्डकी इगा स्वान्तेक पहिलो पटक विम्बलडनको फाइनलमा प्रवेश गरेकी छन् । सेन्टर कोर्टमा भएको सेमिफाइनलमा विश्व नम्बर ८ तथा आठौं वरियताकी स्वयातेकले स्वीट्जरल्यान्डकी बेलिन्डा बेन्सिचलाई सोझो सेटमा पराजित गरेकी हुन् ।

स्वान्तेकका लागि ग्रास कोर्टमा यो अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो । स्वान्तेकले उपाधिका लागि अमेरिकाकी खेलाडी अमान्डा एनिसि-मोभासँग भिड्दैछिन् ।

स्वान्तेकले बेन्सिचलाई मात्र १ घण्टा १२ मिनेटमा ६-२, ६-० ले सहजै पराजित गरिन् । यो दुवै खेलाडीकालागी विम्बलडनमा पहिलो सेमिफाइनल खेल थियो ।

सेमिफाइनलमा स्वान्तेकको फोरह्यान्ड धारिलो देखियो। उनले दोस्रो सेटमा बेन्सिचलाई एकपटक पनि ब्रेक गर्न दिएनन् र अन्तिम आठ गेम लगातार जित्दै सहज जित दर्ता गरिन्। खेलभरि स्वियातेकले २६ विनर प्रहार गरिन् भने पहिलो सर्भमा ८३ प्रतिशत अंक बटुलिन् ।

स्वान्तेकले २०२४ फ्रेन्च ओपनपछि अहिलेसम्म कुनै ग्रान्डस्लाम उपाधि जित्न सकेकी छैनन् ।

यसअघि तीन पटक लगातार फ्रेन्च ओपन जितेकी स्वान्तेक यस वर्ष पेरिसमा आर्यना साबालेन्कासँग सेमिफाइनलमा पराजित भएकी थिइन् । यो स्वान्तेकको ग्रान्डस्लाम फाइनलमा छैठौं उपस्थिती हुने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.