इजरायलद्वारा दमास्कसस्थित रक्षा मन्त्रालयमा आक्रमण

श्रावण १, २०८२ |कान्तिपुर टीभी संवाददाता
इजरायलद्वारा दमास्कसस्थित रक्षा मन्त्रालयमा आक्रमण

काठमाडौं । इजरायलले सिरियाको राजधानी दमास्कसस्थित रक्षा मन्त्रालय र दक्षिणी सिरियाका सैन्य बलमाथि आक्रमण गरेको छ । यो आक्रमण ड्रुज समुदाय बसोबास गर्ने सुवैदामा घातक साम्प्रदायिक हिंसा जारी रहेका बेला भएको हो ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ड्रुज समुदायको रक्षा गर्नु र शासन पक्षका फौजहरूलाई निशाना बनाउनु आक्रमणको उद्देश्य रहेको बताउनु भएको छ । सिरियाले यस आक्रमणलाई "धोकेबाज आक्रमण" भन्दै निन्दा गरेको छ। आइतबारदेखि ड्रुज लडाकु र बेडुइन समु्दायबीचको झडपमा सुवैदामा ३ सयभन्दा बढीको ज्यान गएको छ। अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले पछिल्लो घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै छिट्टै समाधान हुने अपेक्षा व्यक्त गर्नुभएको छ । 

ड्रुज नेताहरूसँगको सरकारी सहमतिको आधारमा सिरियाली फौजहरू सुवैदाबाट फिर्ता हुन थालिसकेका छन्। इजरायलको संलग्नता ड्रुज समुदायसँगको बलियो सम्बन्धसँग जोडिएको छ, चाहे त्यो इजरायलभित्र होस् वा इजरायलद्वारा अधिकृत गोलान हाइट्समा। यस हिंसाले सिरियाको अन्तरिम सरकारप्रति बढ्दो सांप्रदायिक तनाव र अविश्वास झल्काएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.