काठमाडौं । विम्बल्डन टेनिसअन्तर्गत बिहिबार महिलातर्फको दुवै सेमिफाइनल खेल हुँदैछन् ।
पहिलो सेमिफाइनलमा विश्व नम्बर एक अरिना सवालेङ्का र अमान्दा अनिसिमोवाको खेल जारी छ। महिला सिंगल्स तर्फको खेलमा सबालेङ्का पहिलो सेटमा अमान्डासँग ४-६ ले पराजित भएकी थिइन्।
दोस्रो सेटमा उनले सानदार पुनरागमन गर्दै ६-४ कै जित हाासिल गरेकी थिइन्। अहिले तेस्रो सेटको खेल जारी छ। त्यसैगरी मेन्स डबल्सतर्फको खेलमा मार्सेलो एरेवालो र माटे पविचको जोडीले डेविड र रिन्कीको हिजीकाताको सामना गरिरहेका छन्।
पहिलो सेटमा मार्सेलो एरेवालो र माटे पविचको जोडीले टाइब्रेकरमा जित निकालेका थिए। दोस्रो सेट पनि निकै प्रतिस्पर्धात्मक बनेको थियो। यो सेटमा एक समय पाँच-पाँच को बराबरीमा पुगे पनि डेविडको टिमले जित निकालेर खेल एक-एकमा पुर्याएका थिए । अहिले तेस्रो सेटको खेल जारी छ।