काठमाडौं । मलेसियामा जारी एसीसी मेन्स अन्डर सिक्सटिन इस्ट जोन कप क्रिकेटमा अहिले नेपाल र भुटानबीच प्रतिस्पर्धा भइरहेको छ । सेलाङ्गोर टर्फ क्लबमा टस जितेर नेपालले ब्याटिङ गरिरहेको छ ।
दुबै टोली समूह चरणको आफ्नो अन्तिम खेलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । तीनै खेल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको नेपाल आज भुटानलाई हराउँदै अपराजित रूपमा समूह 'ए' को शीर्ष स्थानमा रहन चाहन्छ ।
यसअघि नेपालले सिंगापुर, जापान र इन्डाेनेसियामाथि सहज जित निकालेको थियो ।
भुटान भने समूहका सबै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । उसले सिंगापुर, जापान र इन्डाेनेसियासँग हार बेहोरेको हो । उ अन्तिम खेलमा सान्त्वना जितको खोजीमा रहनेछ ।
डिफेन्डिङ च्याम्पियन तथा यसअघिका तीनै संस्करणको विजेता नेपालले यस पटक पनि सानदार प्रदर्शन गरेको छ । प्रतियोगितमा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको छ । दुवै सेमिफाइनल खेल बिहीबार खेलिने छन् ।