काठमाडौं । अमेरिकाका तीन खेलाडी मेडिसन किज, एम्मा नभरो र एनिसि मोभा क्विन्स क्लब च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
लन्डनमा भएको प्रतिस्पर्धामा तेस्रो वरियताकी ब्राजिलकी नभरोले बेत्रिज हदाद माइलाई तीन सेटमा पराजित गरेकी हुन् । उनको सुरूवात भने एकदमै खराब रह्यो । नभरोले पहिलो सेट १-६ को फराकिलो अन्तरले गुमाएकी थिइन् ।
दोस्रो सेटमा उनले म्याच प्वाइन्ट बचाएकी थिइन् । टाइब्रेकरमा हदादले चार-दुई अंकको अग्रता बनाएकी थिइन् । तर उनले आफ्नो मोमेन्टम गुमाइन् । समर्थकलाई मेडिकल इमर्जेन्सी परेपछि खेल केही समय रोकिएको थियो । यो समय नभरोका लागि फलदायी रह्यो ।
त्यसपछि उत्कृष्ट पुनरागमन गरेकी उनले ७-६ ले सेट जित्दै खेल बराबरी गरेकी हुन् । तेस्रो सेटमा ६-३ को जीतका साथ उनले अन्तिम आठमा स्थान सुरक्षित गरिन् । यो खेल करिब तीन घन्टासम्म चलेको थियो ।
अब नभरोले सेमीफाइनल प्रवेशका लागि एनिसिमोभासँग खेल्नेछन् । एनिसिमोभाले ब्रिटेनकी सोनाइ कार्टेललाई सोझो सेटमा पराजित गरेकी हुन् । उनले मात्र ६४ मिनेटमा ६-१, ६-३ को जीत निकालेकी हुन । किजले, क्वालिफायर अनास्तेस्यिा जहाराभालाई ६-३, ६-२ को सोझो सेटमा हराएकी हुन् ।