नेदरल्यान्ड्सले जित्यो टस, यस्तो छ नेपालको ‘प्लेइङ इलेभेन’

जेष्ठ २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेदरल्यान्ड्सले जित्यो टस, यस्तो छ नेपालको ‘प्लेइङ इलेभेन’

काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गत नेपालले आज नेदरल्यान्ड्सको सामना गर्दै छ । स्कटल्यान्डको डन्डीमा हुने खेलमा टस जितेर नेदरल्यान्ड्सले पहिले ब्याटिङ गर्ने भएको छ ।

पोर्थहिल क्रिकेट ग्राउण्डमा जारी सिरिजमा नेपालको यो दोस्रो खेल हो भने नेदरल्यान्ड्सले पहिलो खेल खेल्दै छ । नेपालले सोमबार आफ्नो पहिलो खेलमा स्कटल्यान्डमाथि १ विकेटको जित हात पारेको थियो ।

नेपालको प्लेइङ इलेभेनमा रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुल्सन झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी र ललित राजवंशी छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.