काठमाडौं । शीर्ष वरीयता प्राप्त कार्लोस अल्काराजले अष्ट्रेलियाका एलेक्स डे मिनैरलाई पराजित गर्दै बार्सिलोना ओपनको सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन ।
स्पेनिस खेलाडी अल्काराजले मिनैरलाई सोझो सेटमा पराजित गर्ने क्रममा ७-५ र ६-३ को नजित हात पारे । अल्काराजले फाइनल प्रवेशका लागि अव फ्रान्सका आर्थर फिल्ससँग भिड्नेछन ।
फिल्सले ग्रिक खेलाडी स्टेफानोस चिचिपास चोटका कारण खेलको सुरुवातमै रिटायर्ड हर्ट भएपछि सेमिफाइनलमा स्थान बनाएका थिए । अन्य खेलमा डेनमार्कका होल्गर रूनेले नर्वेका दोस्रो वरीयता प्राप्त तथा गत वर्षका विजेता कास्पर रूडलाई ६-४, ६-२ ले पराजित गरे ।
अब रूनेले रुसका कारेन खाचानोभसँग प्रतिस्पर्धा गर्नेछन ।