साउदी प्रो लिग : अल कद्सीयासँग अल नसर पराजित

अल नसरलाई उपाधि दौडमा धक्का
वैशाख ६, २०८२ |खेल ब्युरो
साउदी प्रो लिग : अल कद्सीयासँग अल नसर पराजित

काठमाडौं । साउदी प्रो लिगमा अल कद्सीयासँग पराजित भएपछि क्रिस्टियानो रोनाल्डोको टोली अल नसरलाई उपाधि दौडमा धक्का लगेको छ ।

प्रिन्स मोहम्मद बिन फहद स्टेडियम दमाममा अल कद्सीयाले अल नसरलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफमा तुर्की अल अम्मारले घरेलु टोली अल कद्सीयाका लागि सुरूवाती गोल गरे । उनले खेलको ३५औं मिनेटमा गोल गरे हुन् । 

खेलको ८४औं मिनेटमा साडियो मानेले गोल गर्दै अल नसरलाई बराबरीमा ल्याए । तर त्यसको ३ मिनेटपछि पिएर-एमरिक ओबामेयाङले हेडरमार्फत् गोल गर्दै अल कद्सीयालाई पुनः अग्रता दिलाए । कद्सीसयाले सोही अग्रतालाई अन्त्यसम्म कायम राख्दै तीन अंक सुनिश्चित गर्‍यो ।

यो हारसँगै अल नसर लिग तालिकामा २८ खेलमा १७ जित सहित ५७ अंक जोडेर तेस्रो स्थानमा छ । ऊ शीर्ष स्थानको अल इत्तिहादभन्दा ८ अंक र दोस्रो स्थानको अल हिलालभन्दा ४ अंकले पछि छ । अल कद्सीया भने ५५ अंकसहित पाँचौं स्थानमा छ । ऊ गोल अन्तरका आधारमा अल अहलीभन्दा पछि छ ।