आईपीएल २०२५ : पञ्जाब किंग्सकाे पाँचौं जित

वैशाख ६, २०८२ |खेल ब्युरो
आईपीएल २०२५ : पञ्जाब किंग्सकाे पाँचौं जित

काठमाडौं । इन्डियन प्रिमियर लिग-आईपीएलमा पञ्जाब किंग्सले पाँचौं जित हात पारेको छ । गएराति सम्पन्न खेलमा पञ्जाबले रोयल च्यालेन्जर्स बैंगलुरूलाई ५ विकेटले पराजित गरेको हो ।

बैंगलुरूको एम चिन्नास्वमी मैदानमा वर्षाले प्रभावित खेल ढिला सुरू भएको थियो । सोही कारण खेल १४-१४ ओभरमा घटाइएको थियो । पञ्जाबले टस जितेर फिल्डिङ रोजेपछि सुरुवातमा ब्याटिङ गरेको बैंगलुरूले १४ ओभरमा ९ विकेट गुमाउँदै ९५ रन बनाएको थियो । खराव सुरूवात गरेको बैंगलुरूले ४२ रन जोड्दा ७ विकेट गुमाइ सकेको थियो । 

ओपनर फिल साल्ट ४ र अर्का ओपनर विराट कोहली १ रनमा आउट भएका थिए । लायम लिभिङ्स्टन ४ र, जितेश शर्मा २ रनमा आउट भए । क्रुनला पाण्ड्या र मनोज भान्डागे १-१ रन मात्र जोड्न सके । कप्तान रजत पाटिदारले २३ रन बनाए । टिम डेबिटलेे २६ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै अविजित ५० रनको अर्धशतकीय इनिङ्स खेले । पञ्जाबका लागी अर्षदीप सिंह, मार्को यानसेन,युजभेन्द्र चहल र हरपित ब्रारले समान २-२ विकेट लिए ।

जवाफमा ९६ रनको सामान्य लक्ष्य पञ्जाब १२ ओभर १ बलमा ५ विकेट गुमाउादै पुरा गर्यो । ओपनर प्राभसिम्रन १३ रनमा र पि्रयान्स आर्य १६ रनमा आउट भए । कप्तान श्रयेश अय्यर ७ र र जोश इङ्िलस १४ रनमा पबिलियन फर्किए । 

नेहाल वाडेराले १९ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै अविजित ३३ रन बनाए । बैंगलुरूका लागी जोश हेजलउडले ३ विकेट लिए । भुवनेश्वर कुमारको नाममा २ विकेट रहृयो ।

यससागै ७ खेलमा पाँचौं जित हात पारेको पञ्जाबले १० अंक जोडेको छ । ऊ लिगको दोस्रो स्थानमा उक्लिएको छ । ७ खेलमा ४ जित र ३ हार सहित ८ अंक जोडेको बैंगलुरू चौथो स्थानमा झरेको छ ।