फाल्डो जुनियर टुर : सद्भाव, प्रकृत, सिद्धान्त र अभानी छनोट

फाल्गुन १, २०८१ |खेल ब्युरो
फाल्डो जुनियर टुर : सद्भाव, प्रकृत, सिद्धान्त र अभानी छनोट

काठमाडौं । फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपको समग्र र पुरुष १७–२१ वर्ष उमेर समूहको उपाधि नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्यले जितेका छन् । उनीसँगै चार जना नेपालबाट भियतनामको ला–लगुना मा आयोजना हुने फाल्डो जुनियर टुर एसिया ग्रान्ड फाइनल खेल्न छनोट भएका छन् ।

उपाधि विजेता सद्भाव प्रतियोगिता अगाडि नै एसिया ग्रान्ड फाइनलमा स्वतः छनोट भैसकेका थिए । गत नोभेम्बरमा यूएईमा सम्पन्न फाल्डो जुनियर टुर युरोपियन ग्रान्ड फाइनलको उपाधि जितेका कारण उनी सीधै छनोट भएका हुन् ।

१७–२१ वर्ष उमेर समूहमा दोस्रो भएका प्रकृत तामाङ पनि छनोट हुन सफल भए । ब्वाइज १२–१६ वर्ष उमेर समूहमा सिद्धान्त सापकोटा र महिला १२–२१ वर्ष उमेर समूहमा अभानी राई आ–आफ्नो उमेर समूहको विजेता बन्दै एसिया ग्रान्ड फाइनलमा स्थान बनाउन सफल रहे ‌।

पुरुष १७–२१ वर्ष उमेर समूहमा स्वर्ण विजेता सद्भावले आज रोयल नेपाल गल्फ क्लबमा २–अन्डर ६६ स्कोर जोड्दै समग्रमा २ अन्डर २०२ को नतिजा निकाले । उनले प्रकृत तामाङलाई २१ स्ट्रोकले माथ दिए ।

सदभावले चौथो र आठौं होलमा बर्डी प्रहार गर्दा तेस्रो र नवौं होलको बोगीले फ्रन्ट नाइन इभन पार ३४ मा सकाएका थिए ।



Enter Kantipur TV HD
Advertisement