अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : नेपाली टिमको घोषणा

फाल्गुन १, २०८१ |खेल ब्युरो
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : नेपाली टिमको घोषणा

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा सहभागी हुने नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । प्रशिक्षक राजेन्द्र तामाङले २३ सदस्यीय टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ ।

मनमाया दमाई र सुस्मा तामाङ पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा रहेको नेपाली टिमको गोलकिपरमा अञ्जना राना मगर र उषा नाथ रहेकी छन् । तर एन्फा महिला लिगमा उत्कृष्ट बनेकी सावित्री किसन भने नेपाली टिममा परिनन् । 

नेपाली टिममा रहेका डिफेन्डरहरूमा अमृता जोशी, गीता राना, विमला विक, पूजा राना मगर, निशा थोकर, समीक्षा घिमिरे र विमला चौधरी रहेका छन् । 

राष्ट्रिय टिमको मिडफिल्डको जिम्मेवारी भने अनिता बस्नेत, रेनुका नगरकोटे, प्रिती राई, सरू लिम्बू, सविता राना मगर, रेणुका हमाल र सुस्मा तामाङको रहनेछ । 

नेपाली टिमको फरवार्ड लाइन निकै बलियो देखिएको छ । विदेशमा खेलिरहेका सावित्रा भण्डारी र रेखा पौडेल समेत टोलीमा समेटिएका छन् । त्यसैगरी, एन्फा महिला लिगको सर्वाधिक गोलकर्ता रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी र अनिता केसी पनि टोलीमा परेकी छन् । 

नेपालले फागुन ५ गते कीर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरूआत गर्नेछ ।



Enter Kantipur TV HD
Advertisement