काठमाडौं । एफए कपअन्तर्गतको खेलमा लिभरपुल प्ले मथसँग १-० गोलले पराजित भएको छ ।
प्ले मथको मैदानमा गएराति सम्पन्न खेलमा ७५ प्रतिशत समय बलमा नियन्त्रण लिए पनि लिभरपुल पराजित भएको हो । खेलको निर्णायक गोल पेनाल्टीमार्फत् भएको थियो । गाभीले बक्सनजिकै नियन्त्रणमा लिएको बललाई पोस्टतर्फ प्रहार गरेका थिए । उक्त बल इलियोटको हातमा लागेपछि प्लेमथले पेनाल्टी पाएको थियो । रेयन हारडीलेको पेनाल्टी गोलकिपरले बचाउन सकेनन् ।
यससँगै सन् २०१८ पछि बाहिरको टोलिले प्रिमियर लिग टोलीलाई पहिलोपटक हराएको छ । मथले यसअघि दुई पटक मात्रै प्रिमियर लिग क्बललाई हराएको थियो । जितसँगै प्ले मथ सन् २००७ पछि पहिलो पटक एफए कपको पाँचौ चरणमा प्रवेश गरेको छ ।
लिभरपुलले पछिल्ला पछिल्ला ६ खेलमध्ये तीन खेलमा जित निकाल्न सकेको छैन ।