काठमाडौं । जर्मनी राष्ट्रिय ट्र्याक टोलीका ६ जना साइक्लिस्ट कारको ठक्करबाट घाइते भएका छन् ।
जर्मन साइक्लिङ फेडरेसनका अनुसार मालोर्कामा प्रशिक्षण राइडका दौरान ८९ वर्षीय वृद्धले चलाएको कारले ठक्कर दिँदा खेलाडीहरु घाइते भएका हुन् । उनीहरुको उपचार भइरेहको जनाइएको छ ।
फेडरेसनका अनुसार, पाल्मा डे मालोर्कास्थित होटलबाट प्रशिक्षणका लागि निस्केको समूहलाई कारले ठक्कर दिएको हो । घटना राष्ट्रिय प्रशिक्षक लुकास स्चडलिचले प्रत्यक्ष देखेका थिए । टोलीले २ दशमलव ७ किलोमिटर यात्रा गरेपछि कारले ठक्कर दिएको थियो ।
घाइते हुनेमा बेन्जामिन बूस, टोबियास बक-ग्राम्को, ब्रुनो केसलर, मोरिट्ज अगेन्स्टाइन, लुइस गेन्टि्जक र म्याक्स-डेभिड ब्रिसेवेरे छन् । उनीहको शरीका विभिन्न हड्डी भाँचिएको बताइएको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको फेडेरेसनलाई उद्धृत गर्दै रोयर्टसले जनाएको छ ।