म्यानचेस्टर सिटीसँग साल्फोर्ड ८-० गोलले पराजित

पुस २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
म्यानचेस्टर सिटीसँग साल्फोर्ड ८-० गोलले पराजित

काठमाडौं । एफए कपमा म्यानचेस्टर सिटीले लिग टु साल्फोर्डलाई ८-० को विशाल गोल अन्तरले पराजित गरेको छ । गएराति सम्पन्न खेलमा सिटीले जनवरी २०१९ पछिको आफ्नो सबैभन्दा ठूलो जित हात पार्दा साल्फोर्ड प्रतियोगिताबाट नकआउट भएको छ । 

सिटीको जितमा ज्याक ग्रिलिशले एक वर्षभन्दा बढी समयपछि गोल गरे भने जेम्स म्याकएटीले दोस्रो हाफमा ह्याट्रुक पूरा गरे । जेरेमी डोकुले ८ औं मिनेटमा गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

२० औं मिनेटमा युवा स्ट्राइकर डिभिन मुबामाले गोल गरेपछि सिटीले २-० को अग्रता बनायो । मुबामाका लागि सिटीबाट यो डेब्यू खेल थियो । म्याथ्यूस नुनेसको लो क्रसलाई मुबामाले पोस्टको दिशा दिएका थिए । निको ओरेलीले डोकुको कट-ब्याकमा गोल गरेपछि सीटीले पहिलो हाफमा ३-० को अग्रता बनायो ।

४९ औं मिनेटको ग्रिलिशले पेनाल्टीमा गोल गरे । नियमित पेनाल्टी-टेकर एर्लिङ हालान्डलाई प्रशिक्षक पेप ग्वार्डियोलाले बेन्चमा राखेकाले ग्रिलिशले स्पर्ट किकको अवसर पाएका हुन् । १६ डिसेम्बर २०२३ मा क्रिस्टल प्यालेसविरुद्ध गोल गरेका ग्रिलिशका लागि एक वर्षपछि यो पहिलो गोल थियो ।

जेरेमी डोकुले ६९ औं मिनेटमा पेनाल्टीमै गोल गरे । म्याकएटीले खेलको ६२ औं, ७२ औं र ८१ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि सिटीले ८-० को फराकिलो जित हात पार्यो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement