मंगलबारको भूकम्पले नेपालमा के कति क्षति गर्‍यो ?

पुस २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
मंगलबारको भूकम्पले नेपालमा के कति क्षति गर्‍यो ?

काठमाडौं । चीनको दिङ्गे केन्द्रबिन्दु भई मंगलबार बिहान ६ बजेर ५० मिनेटमा गएको भूकम्पमा परी नेपालमा दुई जना घाइते भएका छन् ।

बुधबार बिहान १० बजेसम्मको सूचना अनुसार नेपालमा १७ घर आंशिक तथा एक घर पूर्णरूपमा क्षतिग्रस्त भएको नेपाल प्रहरीले जनाएको छ । यस्तै, एक गोठ पूर्ण रूपमा तथा दुई वटा सरकारी कार्यालयमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।

यस्तै, एक विद्यालय र दुई प्रहरी कार्यालयमा आंशिक क्षति पुगेको छ । कुल २२ लाख २५ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भूकम्पबाट ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, काभ्रे, बारा, काठमाडौं, सिन्धुपाल्चोक, रामेछाप र खोटाङ भूकम्पबाट प्रभावित भएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement