काठमाडौं । बार्यन म्युनिखले बुन्डेसलिगामा लाइपजिग माथि पाँच एक गोलको जित हात पार्दै वर्षको सुखद् अन्त्य गरेको छ । खेल सुरु भएको दुई मिनेटभित्र दुई गोल भएको थियो । जुन लिगको इतिहासमै पहिलोपटक हो ।
गत साता माइसले, बायर्नलाई सिजनको पहिलो हार चखाएको थियो । तर अट्याक्ङि मोमेन्टम बनाउन संघर्ष गरेको लाइपजिगसँग भने भिन्सेन्ट कोम्पनीको टिमले उत्कृष्ट प्रदर्शन गर्यो । खेल सुरु भएको २८ सकेन्डमै जमाल मुसियालाले गोल गर्दै बार्यनलाई अग्रता दिलाए । दोस्रो मिनेटमा लाइपजिगका बेन्जामिन सेस्सोले बराबरी गोल फर्काए ।
त्यसपछि भने बायर्नले खेलमा नियन्त्रण जमायो । २५ औं मिनेटमा कोन्गाड लाइमाले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । क्लबका लागि उनको यो पहिलो गोल हो । ३६ औं मिनेटमा जोसुबा किमिखले शानदार गोल गरेपछि घरेलु टिम पहिलो हाफमा तीन-शून्यले अघि रह्यो । ७५ औं मिनेटमा लियोरी सानेले टिमका लागि चौथो गोल थपे ।
७८ औं मिनेटमा अल्फन्सो डेभिसको गोलसँगै बायर्नले पाँच-एकको सहज जितका साथ खेल टुङ्ग्यायो । नतिजासँगै लाइपजिगका लागि यो खेल बेन्जामिन हेन्रिच चोटग्रस्त बनेपछि थप पीडादायी बन्यो । अन्तिम समयमा पिचमै ढलेका उनलाई स्ट्रेचरमा राखेर बाहिर ल्याइएको थियो ।
क्रिस्मसको समयमा बायर्न अंक तालिकाको शीर्ष स्थानमा रहेको यो २५ औं पटक हो । जसमा उसले २३ पटक उपाधि जितेको छ । बार्यनले १५ खेलमा ११ जितसहित ३६ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ । सामान खेलमा ८ जितसहित २७ अंक जोडेको लाइपजिग चौंथो स्थानमा छ ।