हङकङसँगको एक दिवसीय सिरिज नेपालद्वारा क्लिन स्विप

तेस्रो खेलमा नेपाल १३० रनले विजयी
सन्तोष यादवको उत्कृष्ट प्रदर्शन
पुस ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
 हङकङसँगको एक दिवसीय सिरिज नेपालद्वारा क्लिन स्विप

काठमाडौं । नेपालले हङकङसँगको सिरिज क्लिन स्विप गरेको छ । मुलापानी क्रिकेट मैदानमा आज सम्पन्न तीन खेलको बाइलेटरल एक दिवसीय सिरिज नेपालले क्लिन स्विप गरेको हो ।

तेस्रो खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले पाँच बल बाँकी रहँदै सबै विकेट गुमाएर २ सय ६५ रन बनाएको थियो । जवाफमा हङकङले ५० ओभरमा नौ विकेट गुमाएर एक सय ३५ रन मात्रै बनाउन सक्यो ।

पहिलो पारीमा नेपालको लागि ओपनर सोहेल कुँवरले १३ रन बनाए । नरेन भट्टले ३६ रन बनाएका थिए । त्यसैगरी, सन्तोष यादवले ४५ बलमा ५३ रनको पारी खेले । आउट हुनुभन्दा अघि सूर्यान्सू कोइरालाले ६० रन बनाएका थिए । सूयान्सूले नरेनसँग तेस्रो विकेटको लागि ७९ रनको साझेदारी गरेका थिए । खेलको सातौं नम्बरमा मैदानमा प्रवेश गरेका अभिषेश तिवारीले ५६ रन बनाउँदा नेपालले प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो ।

हङकङका लागि ड्यानियल म्याप, पार्थ श्रीवास्तव, सयन पुरी र प्रित मन्गुकियाले समान २–२ विकेट आफ्नो नाममा गरेका थिए । हङकङले जवाफी पारीमा राम्रो सुरुआत गर्न सकेन । ३३ रन बनाएको अवस्थामा दुवै आपेनर आउट भए । कप्तान शिव माथुरले १९ रन बनाए भने अब्दुल समदले २३ रन बनाए ।

त्यसैगरी, प्रितले ५५ रनको पारी खेलेका थिए । बाँकी खेलाडीले राम्रो प्रदर्शन गर्न नसक्दा हङकङ एक सय ३५ रनमा नै समेटिएको हो । नेपालको लागि अभिषेश तिवारी, आफुरुदिन रैनले समान दुई-दुई विकेट आफ्नो नाममा गरेका थिए । अभिषेश प्लेयर अफ दी म्याच बने नेपालले सिरिजको पहिलो खेल तीन विकेट र दोस्रो खेलमा दुई सय २६ रनको जित हात पारेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement