यू-१६ मैत्रीपूर्ण फुटबलमा नेपाल भुटानसँग ५–१ गोलले पराजित

पुस ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
यू-१६ मैत्रीपूर्ण फुटबलमा नेपाल भुटानसँग ५–१ गोलले पराजित

काठमाडौं । नेपालको अन्डर सिक्सटिन फुटबल टिम भुटानसँग ५–१ को फराकिलो अन्तरले पराजित भएको छ । दशरथ रंगशालामा आज सम्पन्न भएको खेलमा नेपाल भुटानसँग पराजित भएको हो ।

पहिलो हाफमा तीन गोल गरेको भुटानले दोस्रो हाफमा पनि दुई गोल फर्काएको हो । खेलको २५ औं मिनेटमा सोनाम छोग्यालले गोल गरेर पाहुना टोलीलाई अग्रता दिलाएकी थिइन् । त्यसैगरी खेलको ३५ औं मिनेटमा छिरिङ ल्हामोले गोल गरेपछि भुटानले दुई-शून्य गोलको अग्रता बनाएको हो ।

त्यसैगरी, ४० औं मिनेटमा छिरिङले नै अर्को गोल थपिन् । यस्तै, दोस्रो हाफको ६६ औं मिनेटमा सोनामले व्यक्तिगत दोस्रो गोल गरिन् । यससँगै भुटानले घरेलु टिमविरुद्ध चार गोलको अग्रता बनाएको हो । निर्धारित समयको ६ मिनेट बाँकी रहँदा युगेन छोमोले पेनाल्टीमार्फत टिमको अग्रतालाई पाँच-शून्यमा पुर्‍याएकी थिइन् ।

यता खेलको सुरुआतबाटै ठिकठाक प्रदर्शन गरेको भए पनि नेपाली टोलीले ८६ औं मिनेटमा मात्र गोल गर्न सक्यो । सविना तामाङले नेपालका लागि एकमात्र गोल गरिन् । पछिल्लो समय भुटानले घरेलु फुटबलमा लगानी बढाउँदै लगेपछि उसको टिमले उत्कृष्ट प्रदर्शन गर्दै गइरहेको छ । नेपाल र भुटानबीचको अन्डर नाइन्टिन खेल भने पुष ७ गते हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement