यू-१९ महिला एसिया कप : बंगलादेशसँग नेपाल ९ विकेटले पराजित

पुस ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
यू-१९ महिला एसिया कप : बंगलादेशसँग नेपाल ९ विकेटले पराजित

काठमाडौं । एसीसी अन्डर नाइन्टिन महिला एसिया कपमाको सुपर-४ को आफ्नो अन्तिम खेलमा नेपाल बंगलादेशसँग ९ विकेटले पराजित भएको छ ।

नेपालले दिएको ५५ रनको लक्ष्य बंगलादेशले ९.५ ओभरमा १ विकेटको क्षतिमा पूरा गरेको हो । बंगलादेशले अब भारतसँग फाइनल खेल खेल्नेछ ।

वर्षाका कारण खेल ११ ओभरमा छोट्याइएको थियो ।  नेपाललाई पराजित गर्ने क्रममा बंगलादेशका लागि ओपनर फाहोमिदा चोयाले २६ रन जोडिन् भने ओपनर मोसमत इभाले १८ रन बनाइन् । साथै सुमैया अख्तरले १० रन जोडिन् । नेपालका लागि कुसुम गोदारले एक विकेट लिइन् । 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाले निर्धारित ११ ओभरमा ७ विकेट गुमाएर ५४ रन बनाएको थियो । नेपालका लागि ओपनर सावित्री धामीले सर्वाधिक ११ रन जोडिन् ।

कप्तान पूजा महतोले नौ र एलिशा यादवले आठ रन बनाए । बंगलादेशका फर्जाना इस्मिन, अनिशा अख्तर सोबा, फहोमिदा चोया र हबिबा इस्लामले समान एक-एक विकेट लिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement