एनपीएलमा विराटनगरको पहिलो जित, लुम्बिनी लायन्स २ विकेटले पराजित

मंसिर १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
एनपीएलमा विराटनगरको पहिलो जित, लुम्बिनी लायन्स २ विकेटले पराजित

काठमाडौं । लोकेश बमले ७१ रनको शानदार इनिङस खेलेपछि विराटनगरले लुम्बिनी लायन्समाथि २ विकेटको सनसनीपूर्ण जित हात पारेको छ । विराटनगरले तीन खेलमा पहिलो जित निकालेको हो ।

टीयु क्रिकेट मैदानमा लुम्बिनीले टस जितेको विराटनगरबाट ब्याटिङको निम्तो पाएको थियो । आक्रमक सुरुवात गरेको रोहित पौडेलको टिमले पावर प्लेमा एक विकेट गुमाएर ५६ रन बनाएको थियो । ओपनर आशुतोष घिरैया १५ रनमा रन आउट भए ।

निकलस क्रितोनको डाइरेक्ट थ्रो स्टम्बमा लागेको थियो । अर्का ओपनर अर्जुन साउद र कप्तान रोहितले इनिङस अघि बढाए । अर्जुन १७ रनमा आउट भए । रोहित अर्धशतक बनाउनबाट चार रनले चुके । उनी ४६ रनमा राजेश पुलामी मगरको बलमा बाउन्ड्रीमा क्याच आउट भएका थिए ।

२९ बल खेलेका उनले चार चौका र दुई छक्का प्रहार गरे । टम मरेस १७ बलमा ३० रन जोड्दै मैदान बाहिरिए । सन्दीप जोरा १२ र साद बिन जफर १५ रनमा आउट भए । बेन कटिङ ६ रनमा बाहिरिए । विवेक यादवले अविजित ७ बलमा १९ रनको योगदान गरे ।

लुम्बिनीले ७ विकेटको नोक्सानीम १ ‘सय ९१ रनको विशाल योगफल बनायो । यो जारी एनपीएलको अहिले सम्मको उच्च योगफल पनि हो । सन्दीप लामिछाने, इस्मात आलम र पुलामीले समान एक-एक विकेट लिए । चार खेलाडी रन आउट भएका थिए ।

कप्तान सन्दीपले तीन खेलमा एनपीएलमा आफ्नो पहिलो विकेट लिएका हुन् । जवाफमा विराटनगरले ओपनर इस्मातलाई शून्यमा गुमायो । त्यसपछि भने आक्रमक रुपमै प्रस्तुत भयो । मार्टिन गप्टिल र लोकेश बमले इनिङस सम्हाले । गप्टिललाई २८ रनमा दुर्गेश गुप्ताले क्लिन बोल्ड गरे ।

पुलामीलाई चार र क्रितोनलाई शून्यमा आउट गरेर साद बिन जफर अन ह्याट्रिमा रहेका थिए । बसिर अहदम र लोकेशले बाउन्ड्री प्रहार गर्दै लुम्बिनीमाथि दबाब बनाएका थिए । बासिरलाई गुप्ताले ४० रनमा आउट गरेर लुम्बिनीलाइ खेलमा फर्काए ।

लोकेशले ४७ बलमा ७१ रनखेले । उनको योगदान टिमको जितमा निर्णयक बन्यो । लोकेशको विकेट रेमोन्ड सिमोन्डसले लिएका थिए । क्रिस सोलले चार बलमा अविजित १४ रन बनाएपछि विराटनगरले एक बल बाँकी रहँदा ८ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । यसअघिका दुई खेल हारेको विराटनरग हारको श्रृङखला तोड्दै कमब्याक गर्न सफल भयो । लुम्बिनीको यो पहिलो खेल हो ।

तस्बिर : चिरायु शाक्य


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.