Kantipur Samachar | कान्तिपुर समाचार, १९ मंसिर २०८१

मंसिर १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, १९ मंसिर २०८१

आजका मुख्य समाचार,

* नेपाल र चीनबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर / टोखा-छहरे सुरुङदेखि जिलोङ-केरुङ-काठमाडौं रेलमार्गसम्मका १० परियोजना समेटिए / नेपालमा लगानी गर्न प्रधानमन्त्री ओलीको आह्वान ।

* औषधिमा उत्पादक र विक्रेताद्वारा कमिसन र बोनस जोडेर चारसय प्रतिशतसम्म असुली/ अनुगमन र कारवाही नहुँदा उपभोक्ता मारमा/ मुल्य निर्धारणमा समेत सरकारको बेवास्ता ।

* सहकारी ठगीको कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका रवि लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी / साहारा सहकारीको बचत अपचलनबारे चितवनमा बयान ।

* दक्षिण कोरियाका राष्ट्रपति योलविरुद्ध महाअभियोग प्रस्ताव दर्ता / सैन्य कानुन लागू गर्ने निर्णय फिर्ता लिए पनि राजीनामा माग्दै सडकमा प्रदर्शन ।

* एनपीएलको रोमाञ्चक खेलमा काठमाण्डु गुर्खाजले कर्णाली याक्सलाई तीन विकेटले हरायो / लुम्बिनी लायन्समाथि विराटनगर किंग्सको दुई विकेटको सनसनीपूर्ण जित ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.