काठमाडौं । एनपीएलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १ सय ९२ रनको लक्ष्य दिएको छ । जारी एनपीएलमा यो अहिले सम्मकै उच्च स्कोर हो ।
लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन बनाएको हो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ४६, टम मोरेसले ३० रन बनाए । विवेक यादवले ७ बलमा अविजित १९ रन बनाए ।
विराटनगरका सन्दीप लामिछाने, इस्मात आलम र राजेश पुलामीले समान एक-एक विकेट लिए । लुम्बिनीका चार ब्याटर रन आउट भएका हुन् ।
जारी एनपीएलमा विराटनगरका कप्तान लामिछानेको यो पहिलो विकेट हो । उनले साद बिन जाफरलाई १५ रनमा क्याच आउट गरे । जाफरको क्याच मार्टिन गप्टिलले लिएका थिए ।
तस्बिर : चिरायु शाक्य ।